माछापुच्छ्रे बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौं । लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आगामी असोज १० गते बिहान ११ बजे पोखरा ग्रान्ड होटलमा वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर लाभांश पारित गर्ने प्रस्ताव छ । साथै, बैंकले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दिने अग्राधिकार सेयर जारी गर्ने पनि प्रस्ताव गरेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लािग बैंकले भदौ २७ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । यसका आधारमा बैंक लाभांश पाउन र साधारण सभामा माग लिनका लागि भदौ २६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।













