स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग



काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आगामी दिनमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ।

कम्पनीले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अनुसार यस कार्यको थालनी गर्ने भएको हो।

कम्पनीले निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्काशन गर्ने तयारी गरेको छ। यस कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन र बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले नेपालको दुग्ध उत्पादन उद्योगमा उत्कृष्टता प्रमाणित गर्दै दहि, घ्यू, चकलेट, पनिर जस्ता दुग्धजन्य पदार्थहरूको उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यले स्थापना गरेको हो। यो कम्पनी नेपालको एक रुचाइएको नाम बनेको छ। स्वदेशी उत्पादनको माध्यमबाट नेपाललाई दुग्ध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन र उपभोक्ताहरूलाई ूगोठ देखि भान्सासम्मू भन्ने मुख्य नाराका साथ शुद्ध दुग्ध र दुग्धजन्य पदार्थहरू उपलब्ध गराउने उद्देश्य कम्पनीले राखेको छ।

कम्पनीको हालको उत्पादन केन्द्र धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा रहेको छ, जहाँ जर्सी र होल्स्टोन जातका ३५ थान गाईहरूबाट दैनिक २०० लिटर भन्दा बढी दुग्ध उत्पादन भइरहेको छ। कम्पनीले निकट भविष्यमा ६५ थान गाई थपेर १०० थान गाई पु¥याउने लक्ष्य राखेको छ र सेड तयार गरिसकेको छ। कम्पनीले प्याकेजिङ्ग उद्योग स्थापना गरेर दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यले अध्ययन र अनुसन्धान गर्दै रहेको छ।

आजको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष र प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्