दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बमा खुम्चियो कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बमा खुम्चियो कारोबार



काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.५२ अंकले घटेर २८ सय ०८ दशमलव २५ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचकसँगै यस दिन काराेबार रकम पनि खुम्चिएकाे छ । आज ३३४ कम्पनीकाे १ कराेड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० कराे २७ लाख ६७ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत बिहिबार ३१७ कम्पनीकाे १ कराेड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ कराेड ४३ लाख रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज फाइनान्स समुह ०.१०, उत्पादन समुह ०.०४ र म्युच्युअल फण्ड ०.४३ प्रतिशतले बढेकाे छ भने बाँकी सबै समुह घटेका छन्।


प्रतिक्रिया दिनुहोस्