सेयर बजारमा पहिराे, ५ अर्ब २३ कराेडकाे काराेबार
काठमाडाैं । साताकाे दाेस्राे दिन सेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३३.१५ अंकले घटेर २६ सय ७५ दशमलव ०९ बिन्दुमा झरेकाे छ ।
बजार घटे पनि काराेबार रकममा भने केहि सुधार देखिएकाे छ । आज ३२० कम्पनीकाे १ कराेड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ कराेड ३७ लाख ६६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३३४ कम्पनीकाे १ कराेड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० कराे २७ लाख ६७ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।













