सेयर बजारमा पहिराे, ५ अर्ब २३ कराेडकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा पहिराे, ५ अर्ब २३ कराेडकाे काराेबार



काठमाडाैं । साताकाे दाेस्राे दिन सेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३३.१५ अंकले घटेर २६ सय ७५ दशमलव ०९ बिन्दुमा झरेकाे छ ।

बजार घटे पनि काराेबार रकममा भने केहि सुधार देखिएकाे छ । आज ३२० कम्पनीकाे १ कराेड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ कराेड ३७ लाख ६६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३३४ कम्पनीकाे १ कराेड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० कराे २७ लाख ६७ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्