हिमालयन जाभाका सञ्चालकलाई लाग्यो प्रहरीको गोली
काठमाडौं । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक घाइते भएका छ्न् ।
जेनजी आन्दोलन हिंसात्मक बन्दा हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेतालाई समेत गोली लागेको हो ।
मेहेतालाई सिसाबाट छिरेको गोली लागेको त्यहाँ उपस्थित एक जना प्रत्यक्षदर्शीले बताए । बानेश्वरको हिमालयन जाभाभित्र अहिले २० जना भन्दा बढी मानिसहरु रहेका छन् ।















