१२ कार्तिक २०८३, बिहिबार

कर्फ्यु तोड्दै प्रदर्शन : नेताका घरलाई निशाना, देशभर टायर बालेर विरोध



काठमाडौं । सरकारले दमन गरेको घटनामा १९ जनाको ज्यान गएकाले देशभर प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरूले विभिन्न सहरका चोकहरूमा टायर बालेर र सरकारको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान ललितपुरको सुनाकोठीमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड र प्रहरी बिटमा आगजनी गरेका छन् ।

यता, रौतहटको चन्द्रपुर र सुनसरीको इटहरी नगरपालिकामा पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन् । अहिले काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा कर्फ्युको उल्लंघन गर्दै प्रदर्शन भइरहेका छन् ।