१ कार्तिक २०८३, आइतबार

कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा तोडफोड



काठमाडाैं । बुढानिलकण्ठ पुगेका प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।

केहि समयअघि प्रदर्शनकारीहरु देउवा निवास लक्षित गर्दै काठमाडौंको बुढानिलकण्ठस्थित देउवा चोकमा भेला भएका थिए ।

यसअघि अनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा पनि तोडफोड भएको छ।

अहिले प्रदर्शनकारीहरू विभिन्न नेताहरूको घर अगाडि पुगेर प्रदर्शन गरिरहेका छन्।