१२ कार्तिक २०८३, बिहिबार

रास्वपा सांसद असिम शाहले दिए राजीनामा, जेनजी आन्दोलनमा सहभागी हुने घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद सदस्यको पदबाट आजको मितिबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
शाहले जेनजी आन्दोलनमा सहभागिता जनाउने घोषणा पनि गरेका छन् ।