१२ कार्तिक २०८३, बिहिबार

रास्वपाको आकस्मिक बैठक जारी, सामूहिक राजीनामाको तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक संसदीय दल बैठक अहिले १२ बजेदेखि जारी छ ।

बैठकमा पार्टीका सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेको बुझिएको छ । यसअघि असिम शाह र तोषिमा कार्कीले सांसद पदबाट राजीनामा गरिसकेका छन् ।

सभापति रवि लामिछानेले हिजो सबै सांसदहरूलाई सामूहिक राजीनाको अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । पार्टीको औपचारिक निर्णय भने बैठकपछि सार्वजनिक गरिने बताइएको छ ।