प्रधानमन्त्रीले राजिनामा गर्न मानेन्, अझै पनि परिस्थिति नियन्त्रणमै रहेको दाबी
काठमाडौं । श्रीलंका र बाङ्लादेशमा जस्तै शासकहरुलाई लखेट्ने अवस्था आइसक्दा सम्म पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गर्न अस्वीकार गरेका छन् ।
उनले नेताहरु समक्ष अझै परिस्थिति आफ्नो नियन्त्रणमै रहेको भन्दै तत्काल राजिनामा दिनु आवस्यक नभएको बताएको एक नेताले जानकारी दिए ।
आन्दोलनले वर्तमान संविधानभन्दा बाहिरबाट समाधार खोज्ने अवस्था निम्त्याइसकेको देख्दादेख्दै पनि प्रधानमन्त्री भने अड्डी कसेर बसेका छन् । उनलाई साथ दिने नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पनि यो अवस्थालाई अझै पुनः नियन्त्रणमा फर्काउन सकिने भन्दै सरकारबाट समर्थन फिर्ता लिन हिचकिचाइरहेका छन् ।













