१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगजनी



काठमाडौं । जेनजी आन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरू आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा उत्रिएपछि स्थिति थप तनावग्रस्त बनेको हो ।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि देशभर जनआक्रोश चुलिएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।