११ श्रावण २०८३, सोमबार

त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी



काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा फैलिएको अशान्ति र आगलागीका घटनाहरूका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेका आगलागी, तोडफोड र अन्य अराजक गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्न थालेको बताइएको छ ।

अहिले आकाशमा रहेका जहाजहरूलाई मात्रै अवतरण अनुमति दिइने र नयाँ उडानहरू रोकिने जानकारी दिइएको छ ।

नेपाली सेनाले विमानस्थलको सुरक्षा कडा बनाइसकेको छ भने मुख्य गेट बन्द गरी अन्य गतिविधि स्थगन गर्ने तयारी भइरहेको बुझिएको छ ।