त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
राजधानीमा फैलिएको अराजकता र गोठाटारसहितका क्षेत्रहरूमा भइरहेका लगातार आगलागीका घटनाले हवाई सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेपछि बन्द गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाका अनुसार आकासमा रहेका जहाजहरूलाई अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरिएको हो । विमानस्थलको सुरक्षा अहिले नेपाली सेनाको जिम्मामा रहेको छ ।
मुख्य गेट बन्द गरी अन्य गतिविधिहरू स्थगन गरिएको जनाइएको छ । विमानस्थल बन्दसँगै देशको हवाई यातायात पूर्ण रूपमा ठप्प बनेको छ ।













