१ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा, जतिजा भयावह हुने चेतावनी



नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले राजीनामा दिएका छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु’ उनले लेखेका छन् ।

यतिबेला सरकारले जन भावना विपरित आन्दोलन दबाउन खोजिरहेको भन्दै उनले यसको जतिजा भयावह हुने चेतावनी समेत दिएका छन् ।