संघीय संसद भवन छिरे प्रदर्शनकारी
काठमाडौं । जेनजी आन्दोलनका प्रदर्शनकारीहरू आज फेरि संघीय संसद भवनभित्र प्रवेश गरेका छन् । सोमबारको प्रहरी दमनमा १९ जनाको मृत्यु भएको घटनाको विरोधमा उनीहरू पुन: संसद भवनतर्फ उत्रिएका हुन् ।
यसअघि सोमबार पनि उनीहरूले संसद भवन प्रवेश प्रयास गरेका थिए । त्यसपछि प्रहरीको गोली प्रहारमा १९ जनाको ज्यान गएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।
आजको प्रदर्शन पनि उस्तै आक्रामक बन्दै गएको छ । संसदीय क्षेत्रको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । सुरक्षाकर्मीहरू व्यापक रूपमा तैनाथ गरिए पनि भीड नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । देशभरका अन्य भागहरूमा समेत प्रदर्शन जारी छन् ।













