प्रदर्शनकारीको आक्रोश चुलिँदै सिंहदरबारको मूल गेटमा आगजनी
काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगजनी गरेका छन् ।
देशभरको आक्रोश राजधानीमा केन्द्रित हुँदै जाँदा प्रदर्शनकारीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाइसकेका थिए ।














