नख्खु जेल ताेडेर प्रदर्शनकारीले निकाले रवि लामिछाने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्केका छन् ।
मंगलबार दिउँसो प्रदर्शनकारीहरुले नख्खु कारागारबाट लामिछानेलाई बाहिर निकालेका हुन् । उनीहरूले नख्खु जेलमा ताेडफाेड गर्दै उनलाई बाहिर निकालेका हुन् ।
रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ भन्दै रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा राखेकी छन्।













