१२ कार्तिक २०८३, बिहिबार

सेना प्रमुखसँग वार्ताका लागि तयार रहन युवालाई बालेनको अपिल



काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी हत्याराको राजिनामा आइसकेको भन्दै युवाहरुलाई संयमित रहन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिसकेपछि मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै संयमित हुन जरुरी रहेको बताएका हुन् ।

यस्तै उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन पनि युवाहरुलाई आग्रह गरेका छन् । तर सेना प्रमुखसँग वार्ता गर्नु अघि संसद विघटन अनिवार्य हुनु पर्ने भन्दै बालेनले युवाहरीलाई सचेत गराएका छन् ।

उनले भनेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’