१२ कार्तिक २०८३, बिहिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड



काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदर्शनकारीको निशानामा परेको छ ।

बुधबार दिउँसो प्रदर्शनकारीहरू आयोगको कार्यालयमा प्रवेश गरी तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

सरकारी भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका प्रदर्शनकारीहरूले ‘भ्रष्टाचारको जड यहीँ हो’ भन्दै आयोगमा प्रवेश गरेका थिए ।

आन्दोलन चर्किएसँगै देशका प्रमुख सत्ता केन्द्रहरू, सिंहदरबार, संसद भवन, बालुवाटार, सर्वोच्च अदालत लगायतका भवनहरूमा पनि आक्रोशित भीडले कब्जा जमाएको छ ।