बालुवाटारमा प्रदर्शनकारीको प्रवेश, सरकारी भवनमा आगजनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि प्रदर्शनकारीहरु संघीय संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेपछि सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् ।
देशभर फैलिएको प्रदर्शन र हिंसात्मक गतिविधिले राजधानी तनावग्रस्त बनेको छ । प्रधानमन्त्रीको राजीनामा भएपनि आन्दोलन अझै जारी छ । प्रदर्शनकारीहरूको माग र आक्रोश बढ्दो छ ।














