१३ कार्तिक २०८३, शुक्रबार

अब देश जेनजीको परिकल्पना अनुसार चल्नुपर्छ : लामिछाने



काठमाडौं । आन्दोलनकारीको दबाबपछि मंगलबार जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले राष्ट्रका नाममा अपिल जारी गरेका छन् ।

उनले देश अब जेनजी पुस्ताको परिकल्पना अनुसार अघि बढ्नुपर्ने स्पष्ट पारे । उनले सार्वजनिक तथा संवेदनशील सम्पत्तिको रक्षा गर्न सबै नागरिकलाई संयमित हुन आग्रह गरेका छन् । ‘सरकारी सम्पत्तिमा क्षति पुग्दा राष्ट्रकै घाटा हुन्छ’ उनले भने,‘सुरक्षा निकाय, न्यायालय र दस्तावेजहरू सुरक्षित राख्नुपर्छ ।’

लुटेराहरूको सम्पत्ति राष्ट्रियकरण हुनेपर्ने अडान राखेका छन् । उनले आमनागरिकको दबाबपछि कानुनी प्रक्रिया अनुसार आफू रिहा भएको उल्लेख गरे । यद्यपि, भविष्यमा आवश्यक कानुनी प्रक्रियामा उपस्थित हुन तयार रहेको बताएका छन् ।