प्रधान सेनापतिले गरे राष्ट्रको नाममा सम्बोधन, के भने ?
काठमाडौं । यतिबेला प्रधान सेनापति अशोकराज सिग्देलले अहिले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् ।
उनले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधानका लागि वार्तामा आउन आग्रह गरेका छन् । मंगलबार साँझ भिडियो सम्बोधनमा उनले भने,‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो ।’
सिग्देलले नेपाली सेना राष्ट्रिय सुरक्षा र एकताका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उनले राष्ट्रीय सम्पत्ति, सार्वजनिक सुरक्षामा प्रतिकूल असर नपर्ने कुरा समेत जोड दिए । उनले समग्र राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आह्वान गरेका छन् ।













