नेपाली सेनाको नियन्त्रणमा सिंहदरबार, आगो निभाउन कुनै पनि प्रयास भएन
काठमाडौं । नेपालको प्रमुख प्रशासनिक केन्द्र अर्थात् सिंहदरबार आज प्रदर्शनकारीहरूको आक्रमणको कारण आगजनीको शिकार बनिरहेको छ ।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले सिंहदरबारमा प्रवेश गरी आगो लगाएका थिए । आगो अहिले पनि दन्किरहेको छ । सिंहदरबारको छानोसम्म आगो फैलिसकेको छ ।
सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अन्य महत्वपूर्ण विभागका फर्निचर र कागजपत्रहरू जलेर नष्ट भएका छन् । यस क्षेत्रको सुरक्षा स्थिति अत्यन्तै नाजुक देखिएको छ । अहिलेसम्म पनि आगो निभाउने कुनै प्रयास भएको छैन ।
यद्यपि, अहिले नेपाली सेनाहरु भने सिंहदरवारमा छिरेका छन् । तर, पनि आगो निभाउनका लागि कुनै पनि प्रयास भने भएको देखिँदैन ।













