देशभर कर्फ्यु जारी: के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडाैं। बुधबार देशभर नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । सेनाले देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरेकाे हाे।
सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।
के गर्न पाइन्छ ?
जारी भएको निषेधाज्ञा तथा कर्फ्युमा अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछन् ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन सञ्चालन गर्न दिइने सेनाले जनाएकाे छ भने स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, बिरामी र अत्यावस्यक अजस्थामा रहेका मानिसहरू अफिस, कार्यालय, अस्पताल आवत-जावत गर्न सक्नेछन् ।
यस्तै आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाको आग्रह छ ।
के गर्न पाइँदैन ?
अत्यावस्यक भन्दा बाँकी सबै आम नेपाली नागरीकलाई सेनाले बािहर ननिस्कन आदेश दिएकाे छ भने, धेरै मानिस एक ठाउँमा जम्मा भएर भिडभाड नगर्न भनाे छ ।
कर्फ्यु आदेश जारी गरेकाे सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण नगर्न आग्रह गरेको छ । यदि, यी कार्य गरेमा दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
“राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिननुहुने कुरामा नेपाली सेना विश्वस्त छ । जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउन अपिल गरिन्छ ” सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेनाले भ्रम नफैल्याउन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न पनि आग्रह गरेको छ ।













