१२ कार्तिक २०८३, बिहिबार

साँझ ६ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अर्थात् बुधबार साँझ ६ बजेसम्म बन्द रहने भएको छ । विषम परिस्थितिका कारण यात्रुको आवतजावत सहज नभएको भन्दै बन्द भएको हो ।

नेपाल सेनाको निर्देशन अनुसार कफ्र्यु लागेका कारण आजका सबै अन्तर्राष्ट्रिय उडान रिसेड्युल गरिएका छन् । विदेशी यात्रु बोकेको विमानसमेत सम्बन्धित देशमै रोकिएका छन् ।

मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान पनि आज रद्द गरिएको छ ।