जेनजी आन्दोलन : देशभरका चार बैंक शाखामा आगजनी र तोडफोड
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका चार बैंक शाखा आगजनी र तोडफोडको शिकार भएका छन् ।
नेपाल बैंकर्स संघका अनुसार मंगलवारको प्रदर्शनमा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक, बत्तिसपुतलीस्थित हिमालयन बैंक र चितवन र विराटनगरका स्ट्यान्डर्ड चार्टर्ड बैंक शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
यद्यपि, सबै शाखाका भल्ट सुरक्षित रहेकाले नगद कुनै क्षति पुगेको छैन । एटीएममा पनि तोडफोड भए तापनि नगद सुरक्षित रहेको संघले जानकारी दिएको छ ।















