१ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागे



काठमाडाैं । सुन्धारास्थित कारागारको भद्र बन्दीगृहबाट पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।

नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए।