११ श्रावण २०८३, सोमबार

सुशिला कार्कीलाई सरकारको नेतृत्व दिन बालेन तयार



काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि सार्ने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

जेनजेडीका प्रतिनिधिहरूले बुधबार दिउँसो कार्कीलाई नयाँ नेतृत्वका रूपमा प्रस्ताव गरी प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्तुत गरेका थिए । त्यसमै बालेनले सहमति जनाएका हुन् ।

यद्यपि पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति भने जुटेको छैन। कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ ।

कसैले धरानका मेयर हर्क साम्पाङलाई त कसैले बालेन शाहलाई उक्त जिम्मेवारी दिनुपर्ने माग गरिरहेका छन् ।