निषेधाज्ञाबीच पनि काठमाडाैं उपत्यकाकाे जनजीवन केहि सहज बन्दै
काठमाडौं । बिहिबारको काठमाडौं उपत्यकाको जनजीवन सहज बन्दै गएको छ ।
नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएसँगै बिहानको समयमा सडकमा आम सर्वसाधारणको अवागमन केहि बाक्लिएको छ । तरकारी तथा खाध्यान्नका पसलहरुमा केहि चहलपहल देखिएको छ ।
नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ।
अहिले नेपाली सेना सडकमा केहि स्थानमा मात्र तैनाथ छन् । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा भनिएको छ ।















