११ श्रावण २०८३, सोमबार

सुन तस्करीका चर्चित नाइके ‘गोरे’ कारागारबाट फरार



काठमाडौं । बहुचर्चित ३८ क्विन्टल सुन तस्करी र हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ कारागारबाट फरार भएका छन् ।

जेनजी आन्दोलनसँगै देशभर अराजकता फैलिँदा सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदी भागेका थिए । तीमध्ये गोरे पनि रहेका छन् ।

कारागारमा रहेका ३८ सय कैदीमध्ये सुरक्षाकर्मीहरू हटेपछि करिब ५ सय मात्रै जेलमै बसेका थिए । केही फरार कैदीबन्दीहरू अहिले फर्किन थालेको जनाइएको छ ।

सुरक्षा स्रोतका अनुसार नख्खु कारागारबाट निस्किएका समूहले राति १० बजे तिर सुन्धारा कारागारमा हमला गरेका थिए । त्यसपछि प्रहरी आर्मी हेडक्वार्टरतर्फ भागेको र ढिलै गरी नेपाली सेना जेलमा पुगेको जनाइएको छ ।

गोरे २०७४ मा सनम शाक्य हत्या प्रकरणमार्फत सुन तस्करीमा मुछिएका थिए । छानबिनमा उनीहरूको समूहले तीन वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालिएको थियो ।