टोपबहादुर रायमाझी कारागार फर्किन तयार
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका मुख्य आरोपी टोपबहादुर रायमाझीले आफू कारागार फर्किन तयार रहेको बताएका छन् ।
कारागार प्रशासनका अनुसार रायमाझीले टेलिफोनमार्फत यस्तो जानकारी गराएका हुन् । पूर्वसचिव टेकनारायण पाण्डे पनि कारागार फर्किन तयार रहेको सन्देश पठाइसकेका छन् ।














