‘परिवर्तनको नेतृत्व जेनजीले गर्न सक्छन्, तर त्यो संविधानको दायरा भित्रै हुनुपर्छ’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनलाई संविधान भित्रै रहेर समाधान खोज्न सुझाव दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा उनले भने,‘भोलि देश चलाउने तपाईँहरू नै हो, संविधानमै टेकेर अघि बढौं, हामी साथ दिन तयार छौं ।’
उनले नयाँ सरकारले शक्तिशाली छानबिन आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
थापाले २०६२–६३ को जनआन्दोलनबाट प्राप्त संविधान सबै पक्षको सहभागितामा बनेको उल्लेख गरेका छन् । त्यसको निरन्तरतामा कुनै समझौता हुन नहुने उनको भनाई छ ।
उनले भनेका छन्,‘परिवर्तनको नेतृत्व जेनजीले गर्न सक्छन्, तर त्यो संविधानको दायरा भित्रै हुनुपर्छ ।’















