१२ कार्तिक २०८३, बिहिबार

नख्खु कारागारबाट फरार टक्ला काभ्रेबाट पक्राउ



काठमाडौं । नख्खु कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई पक्राउ गरेको हो । टक्लालाई अब पुन: कारागार पठाउने तयारी भइरहेको छ ।

पूर्व राज्यमन्त्री समेत रहेका टक्ला जन्मकैदको सजाय भोग्दै आएका थिए । उनले २०७९ साल वैशाख १८ मा जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको विस्फोट घटनाका मुख्य दोषीका रूपमा सजाय पाएका थिए ।