जेनजी आन्दोलनः ४५ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २५ शाखा कार्यालयमा आगजनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनः ४५ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २५ शाखा कार्यालयमा आगजनी



काठमाडौं। भदाै २४ गते भएकाे जेनजी हिंसात्मक आन्दोलनका क्रममा बाणिज्य बैंकका थुप्रै शाखा, एक्सटेन्सन काउन्टर तथा एटिएममा ताेडफाेड तथा आगजनी भएकाे छ ।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार, कुल ४० वटा एक्सटेन्सन काउन्टर, २५ वटा शाखा कार्यालय र ४५ एटिएमहरूमा तोडफोट तथा आगजनी गरीएकाे छ। धेरै जसो एटीएम भाटभटेनी सुपरमार्केटसँगै जलेका तथा ताेडफाेड भएका छन्।

विशेषगरी सरकारी कार्यालयहरुमा रहेका अधिकांस एक्सटेन्सन काउन्टरहरुमा आगजनी तथा तोडफोड भएको छ।

तोडफोड तथा आगजनी हुँदा कति रकम हरायो भन्ने यकिन तथ्यांक भने आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस्