११ श्रावण २०८३, सोमबार

जङ्गी अड्डामै छन् राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेडक्वाटरमा रहेको खुलेको छ ।

भदौ २४ गते मंगलबार जेनजी आन्दोलनकारीले शीतल निवास जलाइदिएपछि राष्ट्रपति पौडेल भद्रकालीस्थित नेपाली सेनाको हेडक्वाटरमा रहेको उनका प्रेस सल्लाहकार खिला कार्कीले बताए ।

राष्ट्रपतिको निवास र कार्यालय रहेको शीतल निवास आगजनी भएपछि उनी कहाँ कस्तो अवस्थामा छन् भन्ने कुनै जानकारी नआएपछि उनको खोजी भइरहेको छ।

राष्ट्रपति पौडेलले आज एक सन्देश जारी गर्दै संविधानसम्मत तरिकाले समस्याको समाधान गर्न आफू संवादमा रहेको बताएका थिए ।