११ श्रावण २०८३, सोमबार

मध्यराती सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती, संसद विघटनमा अल्झियाे बार्ता



काठमाडाैँ । मुलुकमा जारी आन्दाेलन प्रश्चात सरकारकाे नेतृत्व सुशिला कार्कीलाई दिने सहमती भएकाे छ ।

अनेक बजार हल्लाकाविच प्रधानसेनापतीकाे राेहरमा मध्यरातसम्म चलेकाे वार्तामा आन्तरिम सरकारकाे नेतृत्व पुर्वप्रधानन्यायधिस सुशिला कार्कीकाे नेतृत्वमा सरकार गठन गर्ने सहमती भएकाे छ ।

जेन-जी समूहकाेले यसअघिनै कार्कीको नाम सिफारिस गरिएको थियो । साेही आधारमा छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्कीलगायत मध्यरातसम्मै छलफल भएकाे थियाे ।

सबैकुरा मिले पनि संसद विघटनमा भने कुरा मिल्न सकेकाे छैन । शुक्रबार विहान ९ बजे पुन: बस्नेगरी वार्ता मध्यरातीनै सकिएकाे हाे ।