नयाँ भरोसासँग पुन: निर्माणको यात्रामा भाटभटेनी, भन्यो–‘हामी फेरि उठ्दैछौं’
काठमाडौं । जेनजी आन्दोलनको बेला प्रदर्शनकारीहरुको निशानामा परेका भाटभटेनी सुपरमार्केटले पुन: सञ्चालनमा फर्किने प्रतिबद्धता व्यक्त गरेको छ ।
देशभरका विभिन्न भाटभटेनी शाखाहरू जेनजी आन्दोलनको ठुलो क्षति पुर्याएका थिए । पसलमा आगजनी, तोडफोड र लुटपाटजस्ता घटनाले गम्भीर आर्थिक नोक्सानी पुर्याएको थियो ।
विषम परिस्थितिमा पनि आशा नहराएको भाटभटेनीले जनाएको छ । ‘दु:खद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन्’ भाटभटेनीको सन्देशमा भनिएको छ,‘आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ बलियो महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरूले हामीलाई सफा गर्न, आँसु पुछ्न र फेरि उठ्न मद्दत गरिरहेका छन् ।’
सामाजिक सञ्जालमार्फत भनेको छ,‘भाटभटेनी फेरि उभिनेछ, तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’

पुनर्निर्माणको प्रक्रिया सुरु गर्दै सकारात्मक ऊर्जा र ग्राहकहरूको विश्वासलाई आधार बनाएर अगाडि बढ्ने जनाएको छ ।
पुनर्निर्माणको काम क्रमिक रूपमा अघि बढिरहेको भाटभटेनी जनाएको छ ।













