राष्ट्रिय मानव अधिकार आयोग भन्छ,‘निकास संविधानमै खोजौं’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतान्त्रिक मूल्य, मानव अधिकार र कानुनी शासनका आधारमा मात्र निकास खोजिनुपर्ने धारणा सार्वजनिक गरेको हो ।
शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले देशमा जारी राजनीतिक संकट र सरकार गठन प्रक्रियाप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको हो ।
आयोगका पदाधिकारीहरू हाल राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको आयोगले जनाएको छ ।
वर्तमान संकटपूर्ण परिस्थितिमा लोकतान्त्रिक संरचना भत्किनु नदिन संविधानसम्मत मार्गमा जानु नै उचित हुने विज्ञप्तिमा उल्लेख छ ।
‘मानन अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको छ । सार्थ वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत आयोगको निरन्तर सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
















