शीतल निवासबाट बाहिरीए प्रधानसेनापति, सुशीला कार्कीसहितको टोली जाँदै
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री चयनसम्बन्धी राष्ट्रपति निवासमा छलफल गरे पश्चात प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवासबाट बाहिरिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनलगायतको विषयमा आधा घण्टा छलफल गरेर उनी शीतल निवासबाट बाहिरिएका हुन् ।
राष्ट्रपतिसँग विभिन्न पक्षले छुट्टा छुट्टै बैठक गरीरहेका छन् । प्रधान सेनापति निस्किए लगत्तै पूर्वप्रधानन्याधिस सुशीला कार्कीसहितको टोली शीतल निवास जाँदैछ।
वार्तमा सहमति भएसँगै आज साँझसम्म अन्तरिम सरकार प्रमुख बन्ने देखिएको छ ।
तर संसद विघटनको सन्दर्भमा भने मत बाझिँएको छ । अहिलेको अवस्था हेर्दा तत्काल संसद विघटन भने नहुने देखिएको छ ।













