१२ कार्तिक २०८३, बिहिबार

जेनजी आन्दोलन : प्रहरीले थाल्यो आगजनी र लुटपाट घटनाको अनुसन्धान



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीले सार्वजनिक सहयोग माग गरेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै घटना सम्बन्धी फोटो वा भिडियो प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो । तर, यस्ता प्रमाण दिने व्यक्तिको नाम गोप्य राखिने प्रहरीले जनाएको छ ।