१२ कार्तिक २०८३, बिहिबार

भाटभटेनीमा आगलागी : लुटपाटका लागि पसेका ४ जनाको जलेर मृत्यु



धरान । आन्दोलनको क्रममा धरानस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न पसेका चार जनाको आगलागीमा परी ज्यान गएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरू सामान चोर्न सुपरमार्केट भित्र छिरेका बेला बाहिरबाट अराजक भीडले आगो लगाइदिएको थियो ।

जलेका शवहरू पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेका छन् । तीमध्ये तीन जनाको शव भवनको चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

मुलुकभरका ११ वटा भाटभटेनी स्टोर र मुख्य गोदामसमेत आगलागी र तोडफोडबाट पूर्णरूपमा ध्वस्त भएका छन् ।

उपत्यकाभित्र बालुवाटार, टंगाल, महाराजगञ्ज, कोटेश्वर र बौद्धका स्टोरहरू पनि क्षति पुगेको छ । हालसम्म क्षतिको यकिन मूल्यांकन गरिएको छैन ।