१२ कार्तिक २०८३, बिहिबार

शीतल निवासमा चहलपहलः प्रधानमन्त्री कार्कीको सपथ ग्रहण सुरु



काठमाडौं । नयाँ सरकार गठनको सहमति बनेसँगै शीतलनिवासमा राजनीतिक र प्रशासनिक गतिविधि तीव्र बनेको छ ।

राष्ट्रपति कार्यालयमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सुरक्षा निकाय प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सरकारी उच्च अधिकारीहरूको उपस्थितिले वातावरण राजनीतिक रूपले तातिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण तथा मन्त्रिपरिषद् गठनको तयारी अघि बढाइएको छ । नियुक्तिपत्र र शपथ समारोहको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो मन्त्रिपरिषद् बैठकका सम्भावित निर्णयको मस्यौदा पनि तयार पारिँदैछ ।

छोटो आकारको मन्त्रिमण्डल बनाउने तयारी भइरहेको छ । शीतलनिवास बाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ । तर, सञ्चारकर्मीहरुलाई भने निवासभित्र प्रवेश निषेध गरिएको छ । नेपाल टेलिभिजन बाहेकका अन्य मिडियाकर्मीलाई गेटभन्दा २ मिटर पर राखिएको छ ।