नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनियताको शपथ
काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीको शपथग्रहण गराएका हुन्।
नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी प्रधामन्त्री कार्कीले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन् ।
संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
जेन–जी आन्दोलन प्रश्चात प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्त भएकी हुन् ।














