चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटियो
काठमाडौं । काठमाडौंको चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ६ वटा मानव कंकाल फेला परेका छन् । कंकालको पहिचान गर्न नसकिने बताएका छन् ।
शव जलेको अवस्थामा भेटिएपछि डीएनए परीक्षणपछि मात्रै शवको पहिचान हुने जनाइएको छ । जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।
भदौ २३ गतेमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौं र बाह्य जिल्लामा २१ जनाको मृत्यु भएको थियो, त्यसपछि भदौ २४ गते देशभर तोडफोड र आगजनीका घटनाहरू भएका थिए । अहिलेसम्म जेनजी आन्दोलनका क्रममा ५८ जनाको मृत्यु भएको छ ।















