नवनियुक्त प्रधानमन्त्रीको पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पदभार ग्रहण गरेकी छन् । गत शुक्रवार प्रधानमन्त्रीको रुपमा नियुक्त भइ कार्कीले आइतबार शपथग्रहण गरेकी हुन् ।
कार्कीले सिंहदरबारभित्र रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका रुपमा प्रयोग गर्ने भएकी छन् । आजको कार्यक्रममा कार्की सोही कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।












