जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारी आँकडा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाले सहादत प्राप्त गरेका छन् । यसमा प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ ।
साथै, कारागारबाट भाग्ने प्रयासमा १० जना कैदी मारिएका छन् । १३४ प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । घाइतेहरुको उपचार चलिरहेको छ ।















