सुमना श्रेष्ठले छोडिन रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् ।
उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको जानकारी दिइन्। लामो समयदेखि पार्टीभित्र असन्तुष्ट रहेकी सुमनाले आफ्नो असन्तोषको कारण स्पष्ट गर्दै पार्टीको नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् ।














