राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको क्षति बारे गभर्नर पौडेलले लिए जानकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वर शाखाको अवलोकन गरेका छन् ।
भदौ २३ गते जेनजी आन्दोलनमा सो शाखामा प्रदर्शनकारीहरु तोडफोड गरेका थिए । शाखामा तोडफोड र लुटपाट भएको थियो ।
संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि रहेको बैंकको शाखामा आइतबार गभर्नर पौडेलले क्षति बारे जानकारी लिएका हुन् ।















