बन्दी प्रत्याक्षीकरण र अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने
काठमाडौं । बन्दी प्रत्याक्षीकरण र अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।
जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा आगजानी, ढुंगामुढा र तोडफोड तथा लुटपाट समेत भएको थियो ।
अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणाली समेत क्षतिग्रस्त भएको छ ।
यसले हाल अदालतको नियमित कामकारवाहीहरु अवरुद्ध अवस्थामा छन् । अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सृजना भएको अदालतले जनाएको छ ।
















